Loading...
Swiper Slider
FoNIF Image 1
⁠फोनिज मोरङको पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएपछि आफ्नो प्रतिवद्धताको मन्तब्य राख्नुहुँदै।
FoNIF Image 1
मोरङको पथरीशनिश्चरेमा भएको फोनिज मोरङको पाँचौं जिल्ला अधिवेशनमा सहभागि प्रमुख अतिथि तथा अतिथिहरु
FoNIF Image 1
फोनिज मोरङको नयाँ वेबसाइट निर्माणका लागि २०८२ साल वैशाख १६ गते फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा अग्रणी मानिने विराटनगरको हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाबीच सम्झौता गरिदै ।
FoNIF Image 1
फोनिज मोरङको पाँचौं जिल्ला अधिवेशनबाट अनिल श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएपछि अतिथिहरु र सहभागिहरुको साथमा जिल्ला कार्यसमितिले सामुहिक फोटो खिचाउँदै।
FoNIF Image 1
⁠नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको पहिलो कार्यसमितिको बैठक कानेपोखरी गाउँपालिका २ दलेलीमा सम्पन्न भएपछि सामूहिक फोटो खिचाउँदै।
FoNIF Image 1
फोनिज मोरङको साउन २२ गते विराटनगरमा बसेको दोस्रो बैठक। फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाको २६औं स्थापना दिवस भव्यताका साथ मनाउने विषयमा विस्तृत छलफल भयो।
Fhonij Morang

फोनिज मोरङ: आदिवासी जनजातिको आवाज

पत्रकारिताको तालिम लिएर समाचार लेख्न सिक्दै काम गर्न थालेको झण्डै ३ बर्ष जाति भएको थियो । काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार संघ तत्कालीन अनिज सक्रिय छ भनेको सुने । सायद २०६० तिर राजधानी जाँदा खोज्दै अनामनगरमा रहेको अनिजको कार्यालयमा पुगियो । त्यहाँ अनिल फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङसँग भेट भयो । अनिल गठनको उदेश्य र संगठनको अवस्था बारे बताउनुभयो । संस्था २०५६ पुसमा गठन भएको र संगठनले लिएको उदेश्य, नेपाली पत्रकारिताको बारे छलफल भयो । फोनिजमा अहिले जस्तो सहज हिसावले पत्रकारहरु खुलेर सदस्य लिने र संस्थामा बस्ने अवस्था थिएन ।

सक्रियताको साथ पत्रकारिता गर्नेहरु जातीय भन्दिन्छन कि भन्ने लिन्थे । सदस्य बनौ, संगठनमा बसौं भन्दा धेरैले मानिहाल्थे केहीले संस्थाको उदेश्य लगायतका बारेमा धेरै बेर केरकार गर्थे । संस्थापक अध्यक्षसँगको त्यही भेटमा मोरङमा अनिजको संगठन बनाउने बिषयमा पनि छलफल भयो । सोही छलफलको आधारमा २०६१ सालको जेठमा मोरङमा सानो भेला गरियो । मोरङको पथरी बजारमा सात जना पत्रकारहरू भेला भएका थियौं ।त्यहीँ भेलाबाट हामी मोरङ अनिजको तदर्थ समिति गठन गर्यौं । अनिजको पोखरामा २०७० सालमा भएको पाँचौ महाधिवेशनले संस्थालाई फोनिज (नेपाल आदिवासी जनजाति पत्रकार महासंघ) बनाउने निर्णय गर्यौं। यो पंक्तिहरु फोनिज मोरङ गठन गर्न मुख्य भूमिका खेल्नु भएका संस्थापक सचिव र पूर्ब अध्यक्ष अर्जुन जम्नेली राईको हो ।

फोनिजको पोखरामा २०७० सालमा भएको पाँचौ महाधिवेशनले संस्थालाई फोनिज (नेपाल आदिवासी जनजाति पत्रकार महासंघ) बनाउने निर्णय गर्यौं । यो पंक्तिहरु फोनिज मोरङ गठन गर्न मुख्य भूमिका खेल्नु भएका संस्थापक सचिव र पूर्ब अध्यक्ष अर्जुन जम्नेली राईको हो ।

थप पढ्नुहोस्

फोनिज मोरङको यात्रा

2060 – अनिज कार्यालय भेट

अनिजका अध्यक्ष चन्द्रसिंह कुलुङसँग भेट गरेर मोरङमा संगठन विस्तारको छलफल भयो।

2061 – तदर्थ समिति गठन

पथरी बजारमा ७ जना पत्रकारको भेलाबाट अनिज मोरङको तदर्थ समिति गठन।

2062 – पहिलो अधिवेशन

अर्जुन जम्नेली अध्यक्ष बने; संगठनले संस्थागत रुप लियो।

– दोस्रो अधिवेशन

भक्तशेर लिम्बूको अध्यक्षतामा संगठन सशक्तीकरणतर्फ अग्रसर।

– तेस्रो अधिवेशन

उत्तम बान्तवा राईको नेतृत्वमा निरन्तरता र विस्तार।

2070 – नाम परिवर्तन

पाँचौं महाधिवेशनमा नाम परिवर्तन भई 'फोनिज' बन्यो।

2074 – महिलाको सहभागिता

दिनेश सुब्बाको नेतृत्वमा चौथो अधिवेशन; महिला प्रतिनिधित्व उल्लेखनीय।

2078 – निरन्तरता र नेतृत्व

दिनेश सुब्बा पुनः अध्यक्ष; डिजिटल पत्रकारिता र तालिममा जोड।

2081 – नयाँ पुस्ताको नेतृत्व

अनिल श्रेष्ठ अध्यक्ष; नयाँ जोशसाथ संगठन अगाडि बढ्दै।

News and Updates

news
फोनिज मोरङ 2025-05-25

वेबसाइट निर्माण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको नयाँ वेबसाइट निर्माणका लागि २०८२ साल वैशाख १६ गते संघ र सूचना प्रविधिको क्षेत्रमा अब्बल मानिने विराटनगरको हिमालय दर्शन कलेज बीच सम्झौता भई औपचारिक रूपमा कार्य प्रारम्भ गरिएको छ। फोनिजको स्थापना दिवसको अवसर पारेर वेबसाइटको शुभारम्भ गरिने उद्देश्यसहित निर्माणको तयारीमा संलग्न निर्माण समितिप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ।

Read More